stcnepal long ad
ime life insurance
national life
global ime bank long

‘इयर केयर नेपाल’ले एक लाख १२ हजार विद्यार्थीको कान परीक्षण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सकृय रहेको तथा कानको उपचारमा संम्लग्न रहदै आएको ‘इयर केयर नेपाल’ले एक लाखभन्दा बढी विद्यार्थीको कान परीक्षण गरेर कानकोे उपचारमा ठुलो सहयोग पुरयाउदै आएको छ ।

इयर केयर नेपालको स्थापनाको १० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष डा. मिलन महर्जनले यो एक दशकमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीहरूमा कानको परिक्षण गरि उपचारका लागि सहयोग पुरयाएको जानकारी दिएका छन ।

संस्था स्थापनापछि हालसम्म एक लाख १२ हजार १ सय ९९ जना विद्यार्थीको कान परीक्षण गरिएको संस्थाका अध्यक्ष डा. महर्जनले जानकारी दिएका छन ।

 संस्थाका अध्यक्ष डा.महर्जनले विगत एक दशकमा ६ सय ९ वटा विद्यालयमा पुगेर ती विद्यालयका विद्यार्थीहरूको कानको स्वास्थ्य सम्बन्धी परिक्षण गरि स्वास्थ्य सेवा प्रदान गरेको जानकारी दिएका छन।

यसरी परीक्षण गरिएकामध्ये १९.२ प्रतिशतमा कानको समस्या देखिएको र उनीहरूको उपचार इयर केयर नेपालले गरेको महर्जनले बताएका छन।

विद्यार्थीहरूमा कान कम सुन्ने,नसुन्ने समस्याले विद्यालयमा शिक्षकले पढाएको नसुन्ने समस्या रहने गरेको पाइएको र त्यस्ता स्वास्थ्य समस्यामा विद्यार्थीहरूको स्वास्थ्य उपचार गरिएको डा.महर्जनले बताएका छन। विद्यालयहरूमा स–साना विद्यार्थीदेखि ठुला विद्यार्थीसम्म कान र आँखाको समस्या देखिने गरेको शिक्षकहरू बताउछन । कार्यक्रमको स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष पुरु रिसालले गरेका थिए ।

 

IME Lifesidebar
kumari