sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

कुवेतबाट ३ सय महिला श्रमिक बिहीबार नेपाल आउँदै

Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल
काठमाडौं । कुवेतबाट बिहीबार करिब ३ सय महिला श्रमिक स्वेदश फर्किने भएका छन् । त्यहाँ आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेत सरकार आफैंले काठमाडौं ल्याइदिन लागेको त्यहास्थित नेपाली दूतावासले बताएको छ ।
यस्तै, कुवेतमा करिब २९ सय नेपाली विभिन्न क्याम्पमा आममाफीको प्रक्रिया पूरा गरेर बसेका छन् । क्वारेन्टाइन बनाइएका विभिन्न क्याम्पमा बसेर वैशाखको तेस्रो हप्तादेखि उनीहरु स्वदेश फर्किने अनुमति कुरिरहेका थिए ।

उनीहरूले छिटो अनुमति दिनका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका थिए । कुवेत सरकारले आममाफी दिएका श्रमिकहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ ।

कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । आफूसँग राहदानी नभएका २५ सयभन्दा बढीले नेपाली दूतावासबाट ट्राभल डकुमेन्ट बनाएका थिए ।
gold
nawakantipur long