stcnepal long ad
global ime bank long

भक्तपुर क्यान्सर अस्पताल दैनिक कामकाजमा समस्यामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

भक्तपुर । क्यान्सर उपचारमा चर्चित भक्तपुरको क्यान्सर अस्पताल समस्यामा परेको छ । अस्पतालका लागि दैनिक अति आश्वयक सामानहरुको भुक्तानीको चेकमा व्यवस्थापन समितिले हस्ताक्षर नगरि दिँदा दैनिक कामकाजमा समस्या परेको हो ।

भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका अध्यक्ष शिवराम धुख्वाले प्रेस विज्ञप्ति प्रकाशित गरी अति आवश्यक सेवाका चेकहरुमा भुक्तानी दिन व्यवस्थापन समितिबाट हस्ताक्षर नुहँंदा दैनिक अति आवश्यक सेवाहरुको अभावमा समस्या भएको जनाए ।

अस्पतालमा भ्रष्टाचार भएको भन्दै पुरानो समिति भंग गरी स्थानीय निकायको रुपमा रहेको भक्तपुर नगरपालिकाले झण्डै वर्षदिन अघि नयाँं व्यवस्थापन समिति गठन गरेको थियो ।

यसो हुँदा दुई वटा व्यवस्थापन समिति भई दुईपक्षबीच द्धन्द्ध थियो । तर अहिले नयाँं व्यवस्थापन समिति निश्क्रिय छ । यही द्धन्द्धका कारण पुरानो व्यवस्थापन समितिले अस्पताल सञ्चालनमा अवरोध सृजना गर्न प्रयासरत छ । संघले यही अवरोध हटाउन माग गरेको हो ।

अस्पतालको पुरानो व्यवस्थापन समितिले भ्रष्टाचार गर्न मिल्ने ठाउँंका चेकहरुमा चाहिँ धमाधम हस्ताक्षर गरिरहेको तर भ्रष्टाचार गर्न नमिल्ने अस्पताललाई दैनिक अति आवश्यक समानहरुका चेकहरुमा हस्ताक्षर नभई समस्या पार्ने प्रयास भइरहेको आरोप कर्मचारीहरुले लगाएका छन् । समस्या समाधान गरी अस्पताल सुचारु रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाउन संघले प्रशमाशनसमक्ष पहलकदमीका लागि पनि अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari