macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल औषधि उत्पादक संघको अध्यक्षमा महेश प्रधान विजयी

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल औषधि उत्पादक संघ (एपोन)को अध्यक्षमा महेश प्रधान विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा प्रधान ३६ मतसहित विजयी भएक छन् । उनका प्रतिस्पर्धी विप्लव अधिकारीले १७ मत पाए ।

५३ जना प्रतिनिधिले मतदान गरेकोमा ४८ मत सदर भएको थियो । यस्तै ९ जनासदस्यको लागि ११ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

सदस्यहरुमा सुमित चन्द्र श्रेष्ठले ४७, प्रभात रुंगटाले ४६ मत, पंकजकुमार तिवारी ४५, पृथ्वी राजभण्डारी ४३ मत पाएका छन् । त्यस्तै सन्तोष बरालले ४१ मत, शैलेस वैद्य, सुदर्शन खगोली र गिरिराज पाठकले समान ३९ मत पाएर निर्वाचित भएका छन् । दीपक कुमार तिव्डेवालले ३८ मत पाएर निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यमा प्रतिस्पर्धा गरेका ईश्वरकुमार भण्डारी र सजलराज रेग्मी भने पराजित भएका छन् ।संघको विधान अनुसार निर्वाचित सदस्यहरुबाट अन्य पदाधिकारी चयन गरिनेछ ।

गैरीधारास्थित एलिस रिसेप्सनमा विहान देखि सुरु एपोनको २९ औँ बार्षिक साधारण सभाको बन्द सन्त्र सकिएपछि नयाँ कार्यसमिति छनौटको काम सुरु भएको थियो । यो निर्वाचनबाट आगामी दुई बर्षका लागि एपोनको नयाँ नेतृत्व चयन गर्दैछ ।

यसअघि २९ साउन २०७८ मा सम्पन्न एपोनको २७ औँ बार्षिक साधारणले प्रज्वलजंग पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यसबेलाको कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

२७ असोज २०८०, शनिवार ०६:३१ बजे प्रकाशित

NTA long ad