macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

भारत सरकारको सहयोगमा निर्मित विद्यालयको भवन हस्तान्तरण

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । भारतीय सरकारको सहयोगमा निर्मित काठमाडौंको बालुवाटारस्थित श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरिएङ्को छ।

नेपाल–भारत विकास सहकार्यकार्यक्रम अन्तर्गत भारत सरकारको १ करोड ९२ लाखमा निर्मित भवनको भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले संयुक्तरूपमा उद्घाटन गरी औपचारिकरूपमा हस्तान्तरण गरेका हुन्।

भारत सरकारले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तल्ले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको थियो।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रुपमा निर्माण गरिएको हो। जिल्ला समन्वय समिति काठमाडौंले यस परियोजनाको कार्यान्वयन गरेको थियो।

दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्वपूर्ण हिस्सा भएको बताए।

उनले दुई देशबीचको यो साझेदारीले पछिल्ला वर्षमा नेपाल सरकार र नेपाली जनताका विभिन्न प्राथमिकताका क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताए। उनले नेपाल सरकारले तय गरेका प्राथमिकताअनुरुप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताए।

उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो।

२४ असोज २०८०, बुधवार २१:२७ बजे प्रकाशित

NTA long ad