macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

प्रधानसेनापति प्रभुराम शर्मा आज आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदै

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदै छन्। बेलायती सेनाका जनरल सर प्याट्रिक स्याण्डर्सको निमन्त्रणामा उनी बेलायतको छ दिवसीय औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन्।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मा र त्यहाँका आफ्ना समकक्षीसँग भेटवार्ता गर्नेछन्। प्रधानसेनापति शर्माले त्यहाँको रोयल कलेज अफ डिफेन्स स्टडिज् र रोयल मिलिटरी एकेडेमी स्याण्डहर्स्टको भ्रमण गर्नेछन्।

ती दुवै शिक्षण संस्थामा नेपाली सेनाका अधिकृत लामो समयदेखि सहभागी हुँदै आएका नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए।

प्रधानसेनापति शर्माले बेलायती गोर्खा सैनिकको मुख्यालयको पनि भ्रमण गर्नेछन्। प्रधानसेनापति बेलायतमा रहँदा क्याम्ब्रीयन पेट्रोलमा सहभागी टोलीसँग भेटघाट हुनेछ । बेलायत नेपालको पुरानो मित्रराष्ट्र हो।

२१ असोज २०८०, आइतवार ०६:४७ बजे प्रकाशित

NTA long ad