stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कात्तिक १५ देखि गुल्मीमा पर्यटकीय एवं कृषि महोत्सव हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  दसैं र तिहारको अवसर पारेर रेसुङ्गा क्षेत्रको पर्यटन प्रवर्धन, कृषि र पशुपालन क्षेत्रको विकासमा टेवा पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संघले जनाएको छ ।

‘उद्योग, कृषि र पर्यटनमा उनिएको थुंगा, समुन्नत गुल्मीका लागि जाउँ हिँड रेसुङ्गा’ नारासहित सञ्चालन हुने महोत्सवमा १ लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको संघका अध्यक्ष नवराज भुसालले बताए ।

महोत्सवमा रेसुङ्गा क्षेत्रको धार्मिक एवं पर्यटकीय महत्व, रुरु क्षेत्र, धुर्कोटको बिचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल लगायतका विषयमा प्रचारप्रसार गरेर पर्यटकीय प्रवर्धन हुने, गुल्मीका उत्पादन हुन कफी, गुडको ब्रान्डिङ गरी बिक्री प्रवर्धनमा सहयोग पुर्‍याउने र पशुपालनका फाईदा र त्यसबाट लिन सकिने लाभका विषयमा युवाहरुलाई जानकारी गराएर कृषि र पशुपालनका युवा सहभागिता बढाउने पनि महोत्सवको उद्देश्य रहेको अध्यक्ष भुसालले बताए ।

संघका महासचिव सुदर्शन खनालले महोत्सवमा गुल्मी जिल्लामा लगानी, सम्भावना र चुनौती विषयमा राष्ट्रिय स्तरका विषयविज्ञहरुसँग छलफल गरेर सम्भावनाको खोजी गर्ने उद्देश्य रहेको बताए ।

‘धार्मिक एवं पर्यटन प्रवर्धन नै गुल्मी जिल्लाको पहिलो सम्भावनाको क्षेत्र हो, त्यसपछि कृषिमा आफ्नै उत्पादनको ब्राण्डिङ,’ उनले भने, ‘गुल्मीबाट बर्षौं पहिले देखि कफि विश्व बजारमा पुगेको छ, तर, नेपाली बजारमा त्यसको प्रचार नै छैन ।’

त्यस्ता धेरै स्थानीय उत्पादन रहेकाले त्यस्ता सबै कृषि उपजको प्रचारप्रसार र पर्यटकीय क्षेत्रको प्रवर्धन नै महोत्सवको प्रमुख उद्देश्य रहेको उनले बताए ।

महोत्सवमा राष्ट्रिय एवं स्थानीय कलाकारद्धारा सांस्कृतिक कार्यक्रम तथा मनोरञ्जनात्मक क्रियाकलाप पनि गरिने संघले जनाएको छ ।

महोत्सव सफल पार्न संघले गुल्मीका १२ वटै स्थानीय तहसँग समन्वय एवं अन्तर्क्रिया गर्ने, स्थानीय एवं बाहिरी जिल्लाका उद्योगी, व्यवसायीलाई पनि सहभागिताका लागि आग्रह गर्ने तम्घासमा आयोजित पत्रकार सम्मेलनका जानकारी गराईएको थियो ।

महोत्सव सफल पार्न संघका अध्यक्ष भुसालको अध्यक्षतामा मूल समारोह समिति गठन गरेर काम सुरु गरिएको पनि संघले जनाएको छ ।

prabhu mahalaxmi
kumari