macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

काठमाडौं फोटोग्राफर संघको अभिमुखिकरण

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

भक्तपुर– काठमाडौं फोटोग्राफर संघले नव निर्वाचित कार्यसमितिका पदाधिकारहरुका लागि शनिवार भक्तपुरमा एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

संघका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ गीतकार आनन्द अधिकारी, त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक गोपाल खड्का, मोटिभेस्नल स्पिकर तथा अक्षरा स्कूलका सिईओ राजेश शर्मा, काठमाडौं फोटोग्राफर संघका पूर्व अध्यक्ष मोती बहादुर बोगटी तथा निवर्तमान अध्यक्ष डिगम्बर राजवंशीले प्रशिक्षण दिएका थिए ।

भक्तुरको होटल सिटी गाउँमा आयोजित कार्यक्रमको संयोजन किशोर रिजालले गरेका थिए भने कार्यक्रमको सञ्चालन काठमाडौं फोटोग्राफर संघका सचिव रेशम राज पण्डितले गरेका थिए ।

१४ असोज २०८०, आइतवार ०६:१८ बजे प्रकाशित

NTA long ad