stcnepal long ad
ime life insurance
global ime bank long

उखु किसानलाई अनुदान रकम उपलब्ध बनाउन समितिको निर्देशन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरूलाई गत आर्थिक वर्षको उखु उत्पादन प्रबर्द्धन वापतको अनुदान रकम तत्काल उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले उखु खेतीको लागि सरकारबाट उखु किसानहरूलाई उपलब्ध गराउनु पर्ने गत आव २०७९ र ८० को उखु उत्पादन प्रबर्द्धन खर्च हालसम्म उपलब्ध नगराइएको भन्दै उक्त रकम तत्काल भुक्तानीको व्यवस्था मिलाउन अर्थ मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसै गरी सो समितिले गत आर्थिक वर्षमा उत्पादन भएको उखुको विवरणका आधारमा यस आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन भएको अनुदान रकमसमेत सम्पूर्ण उखु किसानहरूलाई उपलब्ध गराउन पुग्नेगरीे रकमको सुनिश्चितता गर्न पनि अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।

साथै सो समितिले चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमितिको कार्यावधि २०८० साल पुष मसान्तसम्म थप गर्ने निर्णय गरेको छ।

नजिकिँदै गएको चाडपर्वलाई लक्षित गरी बजारमा हुन सक्ने मूल्य वृद्धि, कालोबजारी जस्ता विषयमा बजार अनुगमनको कार्यलाई प्रभावकारी रूपमा गर्न र अनुगमनको प्रतिवेदन उपलब्ध गराउन पनि समितिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिने दिएको छ ।

prabhu mahalaxmi
kumari