stcnepal long ad
global ime bank long

एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको उपलक्ष्यमा मंगलबार आफ्नो कर्पोरेट कार्यालय एनसेल आइकन भवन, लैनचौर, काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।यस कार्यक्रममा १०० जना बढी व्यक्तिले रक्तदान गरेका थिए ।

हाम्रो लाइफ बैंकको सहकार्यमा आयोजित यस रक्तदान कार्यक्रममा सर्वसाधारण, एनसेल आइकनमा आएका ग्राहकहरु र एनसेलका कर्मचारीहरुले रक्तदान गरेका थिए । दान गरिएको रगत जब कुनै मानिसको जीवन बचाउन वा स्वास्थ्य उपचारमा प्रयोग हुन्छ, दाताहरूले एसएमए समार्फत यसको जानकारी प्राप्त गर्नेछन् ।

एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि वार्षिकोत्सवको  थिम ‘हामी तपाईंकै लागि’ अनुरुप यो रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

एनसेल आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । रक्तदान विश्वभरि स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण भाग हो र यसले विशेष गरी आपतकालीन अवस्थामा धेरैको जीवन बचाउन मद्दत गर्दछ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले अमूल्य जीवन बचाउन कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई धन्यवाद दिए ।

“स्थानिय बासिन्दा र हाम्रा ग्राहकहरूसँग मिलेर हामीले मानिसको जीवन रक्षा गर्ने सामाजिक कार्य गर्न पाएकोमा हामी खुसी छौं । रक्तदान एउटा निःस्वार्थ कार्य हो । यसले मानव जीवनमा सकारात्मक पार्ने भएकोले मनमा ठूलो सन्तुष्टि दिन्छ । यो हामी सधैं नेपाल, नेपाली समाज र समुदायप्रति प्रतिबद्ध रहेको उदाहरण हो ।”

एनसेलले ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवको अवसरमा अन्य विभिन्न कार्यक्रमहरुको पनि घोषणा गरिसकेको छ ।

त्यस्ता कार्यक्रमहरुमा व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा प्रतिनिधित्व गर्ने प्यारालम्पिकका राष्ट्रिय खेलाडीहरूलाई सहयोग, बागमति कोरीडोर सडकको दुवैतर्फ वृक्षारोपणलगायतका कार्यक्रमहरु रहेका छन् ।

विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरुका सामाजिक परियोजनाहरुमा रु १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ ।

IME Lifesidebar
kumari