citizens life insurance long ad
stcnepal long ad

रात्री बस दुर्घटना, २५ बढी यात्रु घाइते

Nimb long ad
Prabhu Insurance Long Ad

दाङ । दाङमा रात्री बस दुर्घटनामा परेको छ । पुर्व–पश्चिम राजमार्गको लमही नगरपालिका–९ शिवखोलामा काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश (२–००१ ख)३६२ नम्बरको यात्रुबाहक आज बिहान दुर्घटनामा परेको हो ।

इलाका प्रहरी कार्यालय अमेलियाका अनुसार दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन् । बसका ४५ जना यात्रु सवार थिए ।

घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भइरहेको छ । गम्भीर घाइतेहरुलाई उपचारको लागि लमही अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने अझै खुलिसकेको छैन ।

IME Life
kumari