सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलनका सवै कार्यक्रम फिर्ता
काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि चलेको बैठक सहमति पत्रमा हस्ताक्षर गर्दै टुंगिएको हो ।
हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत चिकित्सकबीच बुँदागत सहमति भएको हो।
भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा। विकास थापा र डा। प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।
चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारले सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो ।