युएईबाट १६८ नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज

आर्थिक सञ्जाल
काठमाडौं । कोभिड-१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जी ९ १७५१ नम्बरको जहाज शुक्रबा साँझ ५ः३८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
सो विमानमा एक शव पनि रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन् । जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैन ।
विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् । इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।
एइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।
यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ । यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए ।