stcnepal long ad
ime life insurance
national life
global ime bank long

युएईबाट १६८ नेपाली लिएर आइपुग्यो एयर अरेवियाको जहाज

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । कोभिड-१९ भाइरसको महामारीका कारण यूएईमा समस्यामा परेका १६८ जना नेपाली नागरिकले स्वदेशको भूमि टेकेका छन् । युएईको सारजहाँ एयरपोर्टबाट १६८ जना नेपाली नागरिक लिएर उडेको एयर अरेबियाको जी ९ १७५१ नम्बरको जहाज शुक्रबा साँझ ५ः३८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

सो विमानमा एक शव पनि रहेको विमानस्थलका अधिकारीहरूले बताएका छन् । जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैन ।

विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् । इजादा फ्यासिलिटी म्यानेजमेन्टमा कार्यरत ६७, टान्स गार्ड सेक्युरिटी कम्पनीमा कार्यरत ७९ जना र अन्य गरी १ सय ५७ जना नेपाली उक्त विमानमा नेपाल आएका छन् ।

एइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

यूएईबाट कम्तिमा १८ हजार जना नेपाली स्वदेश फर्कन चाहेको त्यहाँस्थित नेपाली दूतावासको भनाइ छ । यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए ।

IME Lifesidebar
kumari