stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गोरखापत्रका महाप्रबन्धक सहित चार जना विरुद्व भ्रष्टाचार मुद्दा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय सहित चार जना विरुद्व कागज खरिदमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगले गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि. बीच न्यूज प्रिन्ट कागज खरिदमा महाप्रबन्धक उपाध्याय सहित तत्कालीन महाप्रबन्धक सुशील कोइराला, संस्थानकै तत्कालीन अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का सञ्चालक दीपककुमार भंसाली विरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार अदालतमा मुद्दा दायर गरिएको अयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

चारै जना विरुद्व रु २६ लाख १६ हजार १० बिगो असुल उपर माग दाबी गर्दै मुद्दा दायर गरिएको उनले बताए । उनका अनुसार कागज खरिद गर्दा भन्सार महसुस रकम आपूर्तिकर्ता प्रिन्टसेलले ब्यहोर्नुपर्ने सम्झौता भए पनि संस्थानका तत्कालीन महाप्रबन्धक कोइरालालले आफूलाई फाइदा र सम्झौता विपरीत भन्सार छुट गराई संस्थानलाई हानि नोक्सानी पुर्याएकाले मुद्दा दायर गरिएको हो ।
आयोगले महाप्रबन्धक उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनीलाई फाइदा र संस्थानलाई हानी हुने गरी वदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौता अनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी संस्थानलाई रु २६ लाख १६ हजार १० नोक्सान गरेको ठहर गरेको छ ।

आयोगले निवारण ऐन २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै उक्त रकम माग दाबीसहित मुद्दा दायर गरेको हो । यस्तै तत्कालीन महाप्रबन्धक कोइरालाले सम्झौता विपरीत संस्थानका तर्फबाट भन्सार छुटका लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी भन्सार छुटबापतको रु २६ लाख १६ हजार १० संस्थानलाई हानिनोक्सानी गरी प्रिन्टलेस कम्पनीलाई फाइदा पु¥याएको ठहर गर्दै निवारण ऐन २०५९ को दफा ९ र दफा १७ बमोजिम कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।

यस्तै संस्थानकै तत्कालीन अर्थनिर्देशक चौधरीले सम्झौता विपरीत सस्थानलाई हानि हुने गरी बदनियतपूर्ण तरिकाल पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी संस्थानलाई नोक्सानी पु¥याएको भन्दै मुद्दा दायर गरिएको छ ।

यस्तै प्रिन्टसेल कम्पनीका सञ्चालक भंसालीले सम्झौता विपरीत भन्सार छुटका लागि सिफारिस माग गरी भन्सार छुट गराई सम्झौताबमोजिम सम्पूर्ण रकमसमेत सोही कम्पनीले भुक्तानी लिई कम्पनीलाई लाभ र संस्थानलाई गैरकानूनी हानि पुर्याएको भन्दै ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको ठहर गरिएको छ । रासस

prabhu mahalaxmi
kumari