evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

ललितपुरमा महिला उद्यमी मेला सुरु

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । ललितपुरको याक प्यालेसमा महिला उद्यमी मेला–२०८० सुरु भएको छ । कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीका कारण साना तथा मझौला व्यवसायीका उत्पादनले बजार पाउन नसकिरहेका बेला साना तथा मझौला व्यवसायी महासंघ नेपालले मेला आयोजना गरेको हो ।

बुधवारदेखि भदौ आगामी आइतबार भदौ २४ गतेसम्म चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीलाई प्राथमिकता दिइएको छ ।

महासंघ अन्तर्गत केन्द्रिय महिला समितिकी सहसचिव अनिता ठकुरीले पछिल्लो समय उद्योग व्यवसायमा आएको सुस्ततालाई चलायमान बनाउने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

मेलामा नेपालको पूर्वदेखि पश्चिमसम्मका साना तथा मझौला व्यवसायीद्वारा उत्पादित सबै किसिममा सामग्री राखिएको उहाँले जानकारी दिनुभयो ।

८० वटा स्टल रहेको मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तनिर्मित सामान, ढाकाका कपडा, अल्लोका कपडा, बाँसका सामाग्री, चाँदीका गरगहना, चियापत्ति, लगायत सामाग्रीहरु छन् ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महिला उद्यमी मेलालाई १० हजारले अवलोकन गर्ने र ५० लाख बढीको कारोबार हुने अपेक्षा महासंघले गरेको उहाँले बताउनुभयो ।

महिला  उद्यमी  मेलाको  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नुभएको थियो । सो क्रममा उहाँले सबै स्टलको अवलोकन गरी विभिन्न किसिमका स्वदेशी उत्पादनको बारेमा जानकारी लिनुभएको थियो ।

मेला उद्घाटन कार्यक्रममा बोल्दै महासंघकी सह अध्यक्ष इनु पौडेलले महिलाहरु आर्थिक रुपमा सक्षम नभएसम्म मुलुकको सम्मुन्नत आर्थिक विकास हुन नसक्ने भन्दै सबै महिलालाई सफल उद्यमी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिला उद्यमीहरुले उत्पादन गरेको सामाग्रीको अन्तर्राष्ट्रिय बजारीकरणको प्रस्ताव लैजाँदा सरकारी निकायहरुले चासो नदेखाएको गुनासो पनि गर्नुभयो । सरकारले दिने सीपविकास उद्यमशिल तालिमलाई परिणाममुखी बनाउनुपर्ने उल्लेख गर्नुभयो । मेला आगामी आइतबारसम्म चल्ने छ ।

igi long
himalayan life insurance long ad