evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नाकामा पानीका जारको अनुगमन: गुणस्तरमा शंकै शंका

अनुगमनलाई नियमित गरिनेछ –डा. झा

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अहिले पानीको गुणस्तरको अनुगमन गरिरहेको छ ।

पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेवल नभएको पाइएपछि कम्पनीबाट पानी भरेर वितरण गर्न सहर पस्ने गाडीलाई नाकामा रोकेर गुणस्तर अनुगमन थालेको हो । अनुगमनका क्रममा पाइएका जारहरुको अवस्था हेर्दा पानीको गुणस्तरमा शंकै शंका देखिएका छन् ।

यस क्रममा आज वडा नं. ३२ जडीवुटीबाट कागेश्वरी मनोहरा सडक खण्डमा अनुगमन गरेको हो । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झाकाअनुसार, पानी बोकेर आउने ११ वटा ट्रिपर रोकेर पानी र जारको अवस्था हेरिएको थियो । यसरी हेरिएका सवारी साधनमा एउटै मात्र कम्पनीका जार कुनैमा पनि थिएनन् । भएकामध्ये आधामा लेवल राखिएको थियो । आधामा थिएन ।

कुच्चिएर, चुहिने, फुटेका जार सराबरी थिए । पानीको बिल र चलानी कसैसँग पनि थिएन । सवारी साधनमा भएका चालक तथा सहयोगीसँग समस्याका विषयमा अधिकारीहरुले जानकारी माग्दा आफूहरुलाई थाहा नभएको साहुलाई सोध्नु पर्ने बताए ।

समस्या देखिएकामध्ये १५ वटा खाली, १६ वटा भरिएका, लेवल बिनाको एउटा गरेर ३२ वटा जार जफत गरिएको छ ।

पानीको जारमा कीरा भेटिएको गुनासो लिएर उपभोक्ताहरु विभागमा गुनासो गर्न आउन थालेका छन् ।

वितरण प्रणालीबाट आएको पानीमा विश्वाश नगरेर उपभोक्ता जारको पानीमा निर्भर भएका छन् । पैसा तिरे पनि सोचेको जस्तो गुणस्तरको पानी पाउन सकेका छैनन । उपभोक्ताले पानीको शुद्धता एकिन गर्न जाँगर चलाएको देखिँदैन । व्यवसायीले व्यवसायिक धर्म निर्वाह गरेनन भन्दैमा उपभोक्ता चुृप हुनु पर्ने देखिँदैन ।

igi long
himalayan life insurance long ad