sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

४१ लघुवित्त कम्पनीहरुमध्ये सबैभन्दा अब्बल कुन ?

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल २०७७ जेठ ४ गते आइतबार
काठमाडौं । हालसम्म नेप्सेमा सूचीकृत ४१ लघुवित्त कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । ९ वटा कम्पनीहरुले भने वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेको छ ।
हाल नेप्सेमा करिब ५० वटा लघुवित्त कम्पनीहरु सूचीकृत रहेका छन् । नियामकीय प्रवाधान अनुसार त्रैमास सकिएको १ महिनाभित्र कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । तर, अझै ९ लघुवित्त कम्पनीहरुले वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

वित्तीय विवरण सार्वजनिक गर्न बाँकी रहेकामा आँधिखोला, घोडीघोडा, कालिका, महुली, नाडेप, नेपाल एग्रो, नेपाल सेवा, एनएमबि र सबैको लघुवित्त रहेका छन् । कोरोना भाइरसका कारण चैत ११ गतेदेखि मुलुक लक डाउनमा छ । यसको असर लघुवित्त कम्पनीहरुको वित्तीय विवरणमा पनि केही हदसम्म देखिन थालेको छ ।

यसलाई कम्पनीहरुले समस्या र चुनौतीका रुपमा लिन थालेका छन् । यसबीचमा वित्तीय विवरण प्रकाशन गर्ने अधिकांश कम्पनीहरुको नाफा घटेको छ । केहीले भने नाफा लगायत अन्य सूचकमा राम्रै सुधार पनि गरेका छन् ।

हेरौं, ४१ लघुवित्त कम्पनीमा कुनको अवस्था कस्तो ?
३८ लघुवित्त कम्पनीको पुँजी बढ्यो 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ३८ लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी बढेको छ । ३ कम्पनीको पुँजी भने गतवर्ष कै यथावत रहेको छ ।


गतवर्ष कै पुँजी यथावत हुनेमा सिभिल, महिला सहयात्रा र समता लघुवित्त रहेका छन् । निर्धन उत्थान र छिमेक लघुवित्तको पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । यिनीहरु नै सबैभन्दा धेरै पुँजी भएका कम्पनीहरु पनि हुन् ।

३४ कम्पनीको खुद ब्याज आम्दानी बढ्यो 
चैत मसान्तसम्म आइपुग्दा वित्तीय विवरण सार्वजनिक गर्ने ४१ लघुवित्त कम्पनीमध्ये ३४ वटाको खुद ब्याज आम्दानी बढेको छ । सबैभन्दा धेरै खुद ब्याज आम्दानी बढाउनेमा गुराँस लघुवित्त रहेको छ ।
यसको खुद ब्याज आम्दानी १५६.४२% ले बढेर ३ करोड ४ हजार रुपैयाँ पुगेको छ ।


रकमका आधारमा सबैभन्दा धेरै खुद ब्याज आम्दानी गर्नेमा छिमेक लघुवित्त रहेको छ । यसको खुद ब्याज आम्दानी २.४५% ले बढेर १ अर्ब २६ करोड २९ लाख ७७ हजार रुपैयाँ पुगेको छ । ७ वटा कम्पनीको खुद ब्याज आम्दानी भने घटेको छ ।

दुई दर्जन लघुवित्तको नाफा बढ्यो
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा करिब २ दर्जन कम्पनीले खुद नाफा बढाएका छन् ।
सबैभन्दा धेरै नाफा बढ्नेमा सपोर्ट माइक्रोफाइनान्स रहेको छ । सपोर्टको नाफा २२०.१९% ले बढेर ६६ लाख २८ हजार रुपैयाँ पुगेको छ ।


रकममा सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यसको नाफा ७.०२% ले घट्दा पनि ५९ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ ।

इशारा कोइरालाबाट 

gold
kumari bank
nawakantipur long