citizens life insurance long ad
stcnepal long ad

भदौ १५ गतेदेखि श्रृजनशील लघुवित्तको सर्वसाधारणका लागि आइपीओ आउँदै

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने लघुवित्त कम्पनीले जनाएको छ ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भदौ १५ गतेदेखि सर्वसाधारणका लागि श्रृजनशील लघुवित्तले आइपीओ बिक्री खुला गर्ने भएको छ । लघुवित्तकम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

यस अनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।

यो मध्ये ५ प्रतिशत अथवा १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र ०.५ अर्थात् ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सक्ने लघुवित्त कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई केयरएनपी डबल बी माइनस ‘इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

IME Life
kumari