stcnepal long ad
ime life insurance
global ime bank long

वैशाख १५ गते सीवाईसी नेपाल लघुवित्तको आइपीओ बाँडफाँट हुने

२२ लाख ४७ हजारको हात खाली हुने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आइपीओ वैशाख १५ गते बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा वैशाख १५ गते बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।

यता, सीवाईसी लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु भएको छ । यसमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३६ हजार ९४८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ ।

यसमा कुल २२ लाख ८४ हजार ८४९ जनाले २ करोड ५७ लाख ६१ हजार ९०० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यो मध्ये ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०।५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी कियर नेपालले सीवाइसी नेपालको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कियर नेपालले २०७८ भदै ३१ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ भदौ ३० गतेसम्म बाहल रहनेछ ।

prabhu mahalaxmi
kumari