आज छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज मंगलबार पुस ६ गते अन्तिम दिन हो । सभा प्रयोजनका लागि छिमेकले पुस ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्दैछ । यसले पुस २३ गते वार्षिक साधारण सभा बोलाएको छ ।
२० औं वार्षिक साधारण सभा मकवानपुरको हेटौंडा स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ । कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।

























