stcnepal long ad
global ime bank long

एनएमबि लघुवित्तद्वारा २२.६३ प्रतिशत लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ का लागि २२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको हिजो कार्तिक ११ गते बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफा रकमबाट हाल कायम चुक्ता पुँजी ५३ करोड ९८ लाख ४ हजार ८२५ रुपैयाँको कुल २२.६३ प्रतिशतले हुन आउने १२ करोड २१ लाख ६६ हजार २ सय ५५.१३ रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांशमा २१.५ प्रतिशतले हुन आउने ११ करोड ६० लाख ५८ हजार ३७.३८ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.१३ प्रतिशतले हुन आउने ६१ लाख ८ हजार ३१७.७६ रुपैयाँ बराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

IME Lifesidebar
kumari