sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

उन्नति सहकार्यको ३२ प्रतिशत बोनस सेयर घोषणा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ३२ प्रतिशत बोनस सेयर दिने भएको छ । लघुवित्तको आज कात्तिक १२ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैठकले बोनसमा लाग्ने कर तिर्न नगद लाभांशको प्रस्ताव भने गरेको छैन ।

यसर्थ, बोनसमा लाग्ने कर सेयरधनी आफैले तिर्नुपर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र बोनस वितरण प्रक्रिया अघि बढ्नेछ । लघुवित्तले बोनस सेयरका लागि ५ करोड ६३ लाख ७४ हजार ३०६ रुपैयाँ खर्च गर्नेछ । कम्पनीले अघिल्लो वर्ष १७.८१प्रतिशत बोनस सेयर दिएको थियो ।

 

prabhu bank
nawakantipur long