citizens life insurance long ad
stcnepal long ad

असार ११ गतेदेखि जीवन विकास लघुवित्तको आइपिओ निष्काशन हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आगामी असार ११ गतेदेखि १५ गतेसम्म जीवन विकास लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।

संस्थाले प्रति कित्ता एक सय रुपैयाँ दरमा १९ लाख ७७ हजार ३०० सय कित्ता शेयर जारी गर्ने भएको हो । उक्त शेयर मध्ये ३० हजार ४२० कित्ता कर्मचारीहरुका लागि, ९८ हजार ८६५ कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । कर्मचारी र सामुहिक लगानीकोषलाई बिक्री गरेर बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गरिने भएको हो ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । लगानीकर्ताले आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर मार्फत अनलाइन आवेदन दिन सक्ने छन् ।

धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । संस्थाले प्राथमिक शेयर निष्काशनका लागि इस्युअर रेटिङ ‘इक्राएनपी आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ। यस रेटिङले समयमा वित्तीय दायित्व पुरा गरेका खण्डमा मध्यम किसिमको सुरक्षा रहेको संकेत प्रदान गर्दछ।

प्राथमिक शेयर निष्काशन पछि संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ पुग्ने छ । जीवन विकास समाज नामक गैर सरकारि संस्था ‘एनजिओ’ ले प्रवर्द्धन गरेको यस संस्थाको १६ वटा जिल्लामा १३६ वटा शाखा कार्यालय रहेको छ।

राष्ट्रिय स्तरको अनुमति भए पनि विस्तारै अन्य जिल्लामा पनि आफ्नो शाखा सञ्जाल विस्तार गर्दै लैजाने योजना बनाएको प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले जानकारी दिए।

दुई वटा संस्थालाई मर्जर गरेर यस संस्थाले आफ्नो शाखा सञ्जाल तथा पुँजी बलियो बनाएको थियो। संस्थाले गत भदौमा सल्भ लघुवित्त वित्तीय संस्था र गरिवी न्युनिकरण लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेको थियो। सफल मर्जर पछि गत भदौ २२ गतेदेखि नै एकिकृत कारोबार हुँदै आएको छ।

हालको पुँजी अनुसार संस्थाको प्रमुख शेयरधनीहरुमा जीवन विकास समाजको ३० प्रतिशत, प्रभु क्यापिटलको १३ प्रतिशत, एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्टको ९ प्रतिशत, सल्भको ७ प्रतिशत, एनआईसी एशिया बैंकको तीन प्रतिशत र सामुदायिक महिला विकास केन्द्रको एक प्रतिशत शेयर रहेको छ । संस्थापक शेयरधनीहरु मध्ये संस्थागत ६ वटा र व्यक्तिगत ६६ जना रहेका छन्।

प्राथमिक शेयर निष्काशन पछि संस्थागत लगानीकर्ताको हिस्सा ४३.४० प्रतिशतमा झर्नेछ भने व्यक्तिगत लगानीकर्ताको हिस्सा २४.१० प्रतिशतमा झर्नेछ। प्राथमिक शेयरधनीहरुको हिस्सा ३२.५ प्रतिशत कायम हुनेछ।

हाल संस्थाको २ लाख ८९ हजार जना सदश्य रहेका छन्। एक लाख ९० हजार जना ऋणी रहेका छन् भने उनिहरुलाई १८ अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरिएको छ । हाल शाखा कार्यालय १३६ वटा छन् भने कर्मचारी संख्या ८४० जना रहेका छन्। संस्थाले आफ्नो वार्षिक योजना बमोजिम सम्बन्धित निकायहरुको सहयोग तथा सहकार्यमा शिक्षा, स्वास्थ्य, कृषि, उर्जा, रोजगारी विकास लगायतका क्षेत्रमा समेत कार्य गरिरहेको छ मण्डलले जानकारि दिए।

IME Life
kumari