Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

आज मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरमा आवेदन दिने अन्तिम दिन

civilbank long ad

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

बैंकले मेरो माइक्रोफाइनान्सको ६० हजार ४१८ कित्ता संस्थापक शेयर जेठ १७ गतेदेखि लिलामीमा विक्री खुला गरेको हो ।

यस शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।

आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्याक्ति, कम्पनी, संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।


३१ जेठ २०७८, सोमवार ०६:५८ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad