stcnepal long ad
dftqc long ad
prabhu bank long ad

एनआईसी एशिया लघुवित्तको भुक्तानी सेवाको सुरुवात

civilbank long ad

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले डिजिटल भुक्तानी सेवाको सुरुवात गरेको छ । संस्थाले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै डजिटल माध्यमबाट बचत तथा कर्जाको भुक्तानी गर्न सकिने सेवाको शुरुवात गरेको जनाएको छ ।

ई–सेवा फोन पे प्रा।लि सँग सम्झौता गरी सोको डिजिटल प्याटर्फम मार्फत बचत जम्मा तथा भुक्तानी गर्न सकिने गरी सो सेवा उपलब्ध हुने संस्थाले जनाएको छ ।

यसबाट ग्राहक सदस्यहरुले अब घरैमा बसेर जुनसुकै समयमा ई–सेवाको मोबाईल एप तथा वेभसाइट मा लगइन गरी यो सेवाको उपयोग गर्न सक्ने छन् । साथै यो सेवा नेपालमा मात्रै नभएर विदेशबाट पनि उपयोग गर्न सकिने संस्थाले जनाएको छ ।

सो सेवाको बैंकको आधिकारिक लिकंमा गएर सो फाराममा माग भए बमोजिमको आफ्नो सदस्यता नंबर तथा सामान्य जानकारी मात्र राखेर सजिलै यो सेवा लिन सकिने र यदि कुनै समस्या भएमा ९८५६०४६२०० ,नंम्बरमा सम्पर्क गरी समाधान गर्न सकिने संस्थाले जनाएको छ ।


२५ जेठ २०७८, मंगलवार १४:५९ बजे प्रकाशित

nawakantipur long
nabilbank long ad