stcnepal long ad
global ime bank long

जेठ ७ गते नाडेप लघुवित्तको छैठौं वार्षिक साधारण सभा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारण सभा जेठ २ गते बस्ने भएको छ । सभा, रानीबन पार्टी ल्यालेस एन्ड रेष्टुरेन्ट, नागार्जुन काठमाडौमा बिहान ११ बजे जुम मार्फत सुरु हुनेछ ।

यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । सभामा हाल कायम रहेको सेयर स्वामित्व परिमार्जन गरी अब ५१ः४९ बनाउने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

अहिले संस्थापक समूहको ७०५ र सर्वसाधारणको ३०५ सेयर स्वामित्व रहेको छ । सभामा कम्पनीको नियमावली संसोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ ।

यता, डिप्रोक्स लघुवित्तले नाडेपाई एक्वायर गर्ने तयारी गरेको छ । दुवै कम्पनीबीच एक्विजिसन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ ।

चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले ७१ जिल्लामा १२३ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ । यस्तै, धादिङको गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेपले ४६ जिल्लामा ७८ शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

हाल नाडेपको चुक्ता पुँजी ४० करोड ४८ लाख रूपैयाँ रहेको छ ।

IME Lifesidebar
kumari