नेरुडे लघुवित्तको खुद नाफामा २०८.८२% ले बढेर १५ करोड ३३ लाख ३९ हजार रुपैयाँ पुगे
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेरुडे लघुवित्तको नाफासँगै अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ । यसअ वधिमा खुद नाफा २०८.८२% को छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ९६ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानीमा आकर्षक वृद्धि भएसँगै खुद नाफा बढेको हो ।
सञ्चालन नाफा २०८.८२% ले बढेर २४ करोड ३३ लाख ९६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ७ करोड ८८ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यता, संस्थाको खुद ब्याज आम्दानी पनि ५८.२७% ले बढेर ४० करोड ५६ लाख २५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले ७ करोड ८८ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
चैत मसान्तसम्म आइपुग्दा नेरुडे लघुवित्तको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ९२ पैसाले बढेर वार्षिक ४१ रुपैयाँ ४० पैसा पुगेको छ । अघिल्लो वर्ष यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४८ पैसा मात्रै थियो । प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ ६४ पैसा छ । खराब कर्जा भने ०.३१% ले बढेर ३.२१% पुगेको छ ।























