डिप्रोक्स लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १५% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १७ सय २० रुपैयाँ निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुल्नेछ । अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य १९ सय ७८ रुपैयाँको आधारमा भाउ समायोजन भएको हो ।
डिप्रोक्सले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद गरी कुल २०% लाभांश वितरण गर्दैछ । यसले लाभांश र साधारण सभाको लागि चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गरेको छ ।
तसर्थ, चैत ९ गतेसम्मका लगानीकर्ताले प्रस्तावित लाशांश पाउने छन् । संस्थाको १९ औं वार्षिक साधारण सभा चैत २० गते बस्दैछ ।


























