सिभिल लघुवित्त वित्तीय संस्थाको कार्यक्रम समीक्षा गोष्ठी

आर्थिक सञ्जाल । बुधबार, १४ फागुन २०७६
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थालि. (सिभिल बैंक लि.को सहायक कम्पनी) को चालु आ.व. २०७६ माघ मसान्तसम्मको कार्यक्रम समीक्षा गोष्ठी यहि फाल्गुण ११ र १२ गते काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका विभिन्न कार्यालयका शाखा प्रमुख, क्लस्टर प्रमुख र केन्द्रीय कार्यालयका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
समीक्षा कार्यक्रमको उद्घाटन गर्दै का.मु. प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले सिभिल लघुवित्तको हालसम्मको प्रगति अवस्था, संस्थाको आगामी रणनीति, संस्थाले भोगेका समस्या, चुनौती र त्यसलाई अवसरको रुपमा सदुपयोग गर्दै परिणाममुखी नतिजाको लागि सबै तहमा कार्यरत कर्मचारीहरुलाई उच्चमनोबलका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
उक्त कार्यक्रममा संस्थाका क्लस्टर प्रमुखहरु तथा शाखा प्रमुखहरुद्धारा आ–आप्mनो शाखा एवम् क्लस्टरको प्रगति विवरण तथा आगामी रणनीति प्रस्तुत गर्दै तोकिएको लक्ष्य हासिल गर्न निरन्तर लागि पर्ने प्रतिवद्धता ब्यक्त गरिएको थियो ।
संस्थाको सञ्चालक समितिका पदाधिकारीहरुको उपस्थितिमा भएको कार्यालय प्रमुखहरुको प्रस्तुतीकरण कार्यक्रममा संस्थाका सञ्चालकहरुले आफ्ना विगतका अनुभव राख्दै असल ग्राहक पहिचान र गुणात्मक कर्जा प्रवाहमा ध्यान दिन सुझाउनु भयो । कार्यक्रमको समापन समारोहमा सञ्चालक समितिका अध्यक्ष सचिनजङ्ग रायमाझिले संस्थाले विभिन्न स्थानमा वित्तीय साक्षरता र वित्तीय पहुँच पु्र्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दा केही उतार चढाव भई समस्या तथा चूनौती आएता पनि आफनो काम तथा सेवा प्रवाहमा कुनै कसर बांकि नराख्न निर्देशन दिनुभयो । सहभागी कर्मचारीहरुको प्रस्तुतीकरणबाट कार्यरत कर्मचारीहरुमा ज्ञान, सीप र क्षमता रहेको हुँदा अझ आफ्नो काम गर्ने शैली र क्षमतामा निखारताल्याई आगामी दिनमा व्यवसाय वृद्धिलाई निरन्तरता दिई लक्ष्य अनुरुपको प्रगति हासिल हुने गरी काम गर्न तथा थप आत्मबल तथा उच्च उत्प्रेरणाको साथमा अगाडि बढ्न कर्मचारीहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।
काठमाडौंको चावहिलमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस संस्थाले २०७६ माघ महिनासम्ममा २६ जिल्लामा ४८ शाखा कार्यालय मार्पmत ३२,००० भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । संस्थाको लगानीमा रहिरहेको कर्जा रु.१ अर्व २१ करोड, कुल बचत रु.३७ करोड रहेको छ भने संस्थाले चालु आ.व. भित्र थप शाखा कार्यालयहरु स्थापना गरी आफनो सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।