आरएमडीसी लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । आरएमडीसी लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले संस्थाको १५५ बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।
समायोजनपछिको मूल्य ८६१ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर सोमबार बैंकको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ९९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
संस्थाले मंसिर २२ गते बस्ने साधारण सभाको लागि सोमबार मंसिर ८ गते बुक क्लोज गरेको छ । जस अनुसार आइतबार मंसिर ७ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५५ बोनस र कर प्रयोजनका लागि ५५ नगद लाभांश वितरण गर्न लागेको हो । हाल आरएमडीसीको हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ रहेको छ ।
प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।


























