निर्धन उत्थान लघुवित्तद्वारा राहत वितरण
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परस्पुरले संस्थामा आवद्ध विभिन्न समुहका कोभिड १९ बाट अति प्रभावित ३८ जना ग्राहक सदस्यहरु लाई जनही १० हजारका दरले राहत वितरण गरेको छ । कम्पनीले कूल तीन लाख ८० हजार रुपैयाँ राहत वितरण गरेको जनाएको छ ।
सो लघुवित्तको सितापुर समुहमा आवद्ध मृतक सदस्य मञ्जु हमालको ग्रामिण बीमा क्षतिपुर्ति वापतको रकम तीन लाख ९० हजार रुपैयाँ समेत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
सो अवसरमा कम्पनीले कोरोना महामारीबाट अतिनै समस्यामा परेका ७००० जना सदस्यहरुलाई जनही दश हजारका दरले राहत प्रदान गरिएको जनाएको छ ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो ।
संस्थाले १८३ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९४ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ ।
























