stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्वावलम्बन लघुवित्तले ३५ करोड ६१ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाए

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा ३५ करोड ६१ लख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा १५.७०% ले कम हो । अघिल्लो वर्ष संस्थाले ४२ करोड २५ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असार मसान्तसम्म आइपुग्दा यस संस्थाले १ अर्ब २५ करोड ४८ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको भन्दा १७.७४% ले बढी हो ।

अघिल्लो वर्ष स्वावलम्बनको खुद ब्याज आम्दानी १ अर्ब ६ करोड ५६ लाख ६१ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष ६६ करोड २९ लाख ३६ हजार रुपैयाँ रहेको सञ्चालन नाफा असार सम्ममा ५६ करोड ५३ लाख ७३ हजार रुपैयाँमा सीमित भएको छ । खराब कर्जा अनुपात १.२२% ले बढेर १.९९% पुगेको छ । अघिल्लो वर्ष यसको खराब कर्जा ०.७७% मात्रै थियो । खराब कर्जा बढेसँगै प्रोभिजनमा धेरै रकम छुट्याउनुपर्छ ।

अघिल्लो वर्ष ४ करोड ९२ लाख ३५ हजार रुपैयाँ रहेको प्रोभिजन असार सम्ममा ३४ करोड १ लाख ३४ हजार रुपैयाँ छ । यसले पनि नाफा घटाउन सहयोग पुगेको हो ।

चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १ अर्ब ३६ करोड २५ लाख ५ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी ४४ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ २७१ रुपैयाँ ९५ पैसा रहेको छ ।

prabhu mahalaxmi
kumari