stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

समाज लघुवित्तले भदौ ४ गतेदेखि आइपीओ निष्काशन गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले भदौ ४ गतेबाट आइपीओ निष्कासन गर्ने भएको छ । समाज लघुवित्त लघुवित्तले ८६ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा समाजले ८६ हजार कित्ता आइपीओ जारी गर्नेछ । यसमध्ये १ हजार कित्ता अर्थात जारी पुँजीको ५५ कर्मचारीहरुका लागि र कुल निष्कासनको ५५ अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ८० हजार ७ सय कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यसमा भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्मा आइपीओ बिक्री नभएमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ । बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long