stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ४३ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष यसै अवधिसम्म २५ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष झण्डै ७१ प्रतिशत बढी खुद नाफा गरेको हो।

खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेर ३० रुपैयाँ ८४ पैसा कायम भएको छ। गत वर्ष कम्पनीको ईपीएस १९ रुपैयाँ ७७ पैसा थियो। प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५१ पैसा छ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी करीब ९८ करोड रुपैयाँबाट बढेर करीब १५ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ३७ करोड ४१ लाख रुपैयाँबाट बढेर ६३ करोड १६ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३६ करोड १६ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।

कम्पनीले ११ अर्ब ७७ करोड रुपैयाँ सापटी लिएर २५ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ भने साढे १० अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ।

समीक्षा अवधिमा खराब कर्जा ८.२५ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) करीब ३८ करोड रुपैयाँबाट घटेर ३६ करोड १६ लाख रुपैयाँमा सीमित भएको छ।

prabhu mahalaxmi
kumari