नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले यसपटक लाभांश वितरण नगर्ने

काठमाडौं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यो सँगै यसपटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ ।
बैठकले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण प्रकाशनको स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ ।