जीवन विकास लघुवित्तको लाभांश घोषणा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १४.७३६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यसअघि कम्पनीले आर्थिक वर्ष २०७९/८० को नाफाबाट पनि १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।