evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

समता घरेलु लघुवित्तको एफपीओमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) मा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार यसमा आज अन्तिम दिन (कात्तिक २० गते) सम्ममा २ अर्ब १३ करोड ८ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

जसमा १४ लाख ४२ हजार ४२० जना आवेदकहरुले २ करोड १३ लाख ८ हजार ५७० कित्ताका लागि आवेदन दिएका हुन् । लघुवित्तले कात्तिक १२ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ ।

इक्रा नेपालले २०८१ साउन २५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।

igi long
himalayan life insurance long ad