stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

साउन १० गते स्वरोजगार लघुवित्तको बिशेष साधारणसभा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साउन १० गते स्वरोजगार लघुवित्तले विशेष साधारणसभा डोकेको छ । लघुवित्तले कमलादीमा उक्त विशेष साधारणसभा गर्ने भएको छ।

लघुवित्तले सधारणसभामा जनकपुर लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्ने छ । स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई १०० /७० को स्वापमा गाभ्न लागेको हो ।

लघुवित्तले जनकपुर लघुवित्तलाईलाई गाभेपछि कायम हुने चुक्ता पुँजीको शत प्रतिशत हकप्राद निष्काशन प्रस्ताव समेत साधारणसभाबाट पारित गर्ने भएको छ ।

दुई लघुवित्तको मर्ज पश्चात् स्वरोजगार कै नामबाट एकिकृत कारोबार हुनेछ । कम्पनीले साधारणसभाका लागि साउन ५ गते बुक क्लोज गर्ने गर्ने भएको छ । जसका लागि साउन ४ गतेसम्म कायम रहेको शेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

prabhu mahalaxmi
kumari