चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अभियान लघुवित्त वित्तीय संस्थाको नोक्सानी बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नोक्सानी बढेको छ । गत वर्ष १ करोड २१ लाख ८० हजार रुपैयाँ रहेको खुद नोक्सानी यो वर्ष २ करोड २३ लाख ३३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा बढेको र सञ्चालन नाफा घटेको कारण यस कम्पनीको नोक्सानी बढेको हो ।
यसअवधिमा अभियान लघुवित्तले २ करोड २३ लाख ३३ हजार रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको छ । खराब कर्जा ०.३१ प्रतिशत विन्दुले बढेर ४.९२ प्रतिशत पुगेको छ । यता, खुद ब्याज आम्दानी भने ७८.५१ प्रतिशतले बढेर ५ करोड ८६ लाख ९८ हजार रुपैयाँ पुगेको छ ।
चैत मसान्तसम्म आइपुग्दा अभियान लघुवित्तको चुक्ता पुँजी २५ करोड रुपैयाँ र जगेडा कोषमा ७ करोड २१ लाख १ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ९८ पैसा छ । प्रतिसेयर नेटवर्थ ९९ रुपैयाँ ७८ पैसा छ ।