sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

युनिक नेपाल लघुवित्तको ३ करोड ८४ लाख खुद नाफा आर्जन

वित्तीयसंस्थाको इम्पेयरमेन्च चार्ज घट्दा नाफामा सुधार आएको हो ।

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ३ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा यो संस्था ३ करोड ८८ लाख रुपैयाँ घाटामा थियो ।

संस्थाको इम्पेयरमेन्च चार्ज घट्दा नाफामा सुधार आएको हो । १८ करोड ६० लाख रहेको उक्त चार्ज अहिले घटेर ८ करोड १ लाख रुपैयाँ कायम भएको छ । यसको खुद ब्याज आम्दानी १७ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।

हाल युनिक नेपालको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा १८ करोड २५ लाख रुपैयाँ जम्मा छ ।

यसअवधिसम्म आइपुग्दा यो लघुवित्तको प्रतिसेयर आम्दानी २५.८७ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने ३२८.६५ रुपैयाँ देखिएको छ । संस्थाको एनपीएल १०.२९ प्रतिशत विन्दुबाट बढेर ११.०५ प्रतिशत विन्दुमा पुगेको छ ।

 

gold
prabhu bank
nawakantipur long