sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सूर्योदय वोमी लघुवित्तको ६८ हजार कित्ता शेयर लिलामीमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं ।  सूर्योदय  वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ६८ हजार ८०५ कित्ता शेयर आज (वैशाख १३ गते) देखि लिलामीमा ल्याएको हो ।

यस शेयरमा विद्यमान संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरिद आवेदन दिन पाउनेछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम पाँच हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिनेछ । बोलपत्र पेश गर्ने अन्तिम मिति वैशाख २१ गते कार्यालय समयसम्म रहेको छ ।

आवेदन बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै बैंकका शाखा कार्यालय विराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा, श्रवणपथ, हस्पिटल लाइन, विरेन्द्रनगरमा पेश गर्नुपर्नेछ । बोलपत्र फाराम पनि यही तोकिएका कार्यालयमा पाइनेछ ।

gold
kumari bank
nawakantipur long