citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

६ जनाले पाए ११ कित्ता सेयर

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओ बिहीबार (कात्तिक १६ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत १२ हजार ३८१ जनाले सेयर हात पारेका छन् । जसमध्ये ६ जनाले ११ कित्ता भने एक जनाले १०.४५ कित्ता सेयर पाएका छन् ।

बाँकी १२ हजार ३७४ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार यो एफपीओका लागि कुल १३ लाख २१ हजार ५२६ जनाले आवेदन दिएकामा १३ लाख २० हजार २०३ जनाको आवेदन मात्र स्वीकृत भएको थियो ।

मिर्मिरेले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपीओ नतिजा हेर्न सक्नेछन् ।

साथै, र्मििर्मरे लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

himalayan life insurance
igi long