Everest Bank
nabil bank
national life
stcnepal long ad

सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँले बढे

macchha(MBL)
Prabhu Insurance Long Ad
nabil bank
himalayan Everest Insurance long ad

काठमाडौं । सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

यसअघि,  बिहीबार  छापावाल सुन तोलाको १ लाख ४ हजार ५ सय  रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ १३ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

६ माघ २०७९, शुक्रवार ११:१५ बजे प्रकाशित

stcnepal long ad