बजारमा आज सुनको भाउ घट्यो चाँदीको भाउ बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला सुन ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४८ सय ५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।

IME Lifesidebar
kumari