बजारमा आज आइतबार सुनको भाउमा भारी वृद्धि
काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउमा भारी वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो।
योसँगै प्रतितोला छापावाल सुन ३ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। गत शुक्रबार प्रतितोला सुन ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा ३ हजार ७५ रुपैयाँले बढेर ५ हजार ४२५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।
























