stcnepal long ad
global ime bank long

एनसेल–फुडमाण्डु साझेदारी: ल्याए खानाका परिकारमा १५० को छुट अफर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ । जसमा एनसेलका ग्राहक फुडमाण्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँको छुट पाउने छन् ।

कम्पनीका अनुसार मंगलबारदेखि सञ्चालनमा आएको यो अफरमा ९९ वा सोभन्दा बढी मूल्यका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँ छुटको कुपन प्राप्त गर्दछन् । यो कुपन फुडमाण्डुमा १,००० रुपैयाँ वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ ।

एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन् । ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् ।

ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएस मार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले एकभन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यही अनुसार एक भन्दाबढी १५० छुटका कुपनहरु प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमाण्डुको मोबाइल एप https://foodmandu.app.link/appfmd वा आधिकारिक वेबसाइट https://foodmandu.com मार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।

कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र यो अरु कसैलाई दिन पाईदैन, जसले ग्राहक स्वयंले यो सुविधा लिनसक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्यूवल प्याक, सापटी प्याक, र गिफ्ट प्याक खरिदमा लागू हुँदैन ।

‘हामी एनसेलमा कनेक्टिभिटी भन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौ भनेर सधैँ काम गरिरहेका हुन्छौं ।

फुडमाण्डुसँगको यो साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकहरूलाई सहजै दुरसञ्चार सेवा मार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ,’ एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपङ्ग दत्तले भने ।

IME Lifesidebar
kumari