stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बजारमा आज सुनको मूल्य घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको हो।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ८७ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा १ लाख ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १९ सय ९५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari