बजारमा आज सुन चाँदीको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
यससँगै प्रतितोला छापावाल सुन तोलामा ३ लाख ३ हजार ५ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३४० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज तोलामा ५ हजार रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
























