बजारमा आज बिहीबार सुनको भाउ घट्यो
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको भाउ कीर्तिमानी उचाइबाट घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँ कायम भएको छ।
हिजो तोलामा १ हजार ५०० रुपैयाँले बढेर सुन २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको भाउ पनि तोलामा १७० रुपैयाँले घटेर ५ हजार ४८५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँमा चाँदी कारोबार भएको थियो।




























