stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

आजका लागि विदेशी मुद्राको विनिमयदर

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा र बिक्रीदर १४४ रूपैयाँ ९० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रूपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रूपैयाँ ७९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रूपैयाँ १२ पैसा र बिक्रीदर १९३ रूपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रूपैयाँ १८ पैसा र बिक्रीदर १८१ रूपैयाँ ९३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रूपैयाँ १० पैसा र बिक्रीदर ९६ रूपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रूपैयाँ ६१ पैसा र बिक्रीदर १०५ रूपैयाँ ०४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रूपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रूपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ २६ पैसा र बिक्रीदर नौ रूपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २० रूपैयाँ ४४ पैसा र बिक्रीदर २० रूपैयाँ ५३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ७५ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ५४ पैसा र बिक्रीदर चार रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३९ रूपैयाँ २९ पैसा र बिक्रीदर ३९ रूपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रूपैयाँ ११ पैसा र बिक्रीदर ३५ रूपैयाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ८० पैसा र बिक्रीदर नौ रूपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ६१ पैसा र बिक्रीदर १५ रूपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ६४ पैसा र बिक्रीदर २२ रूपैयाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ ५४ पैसा र बिक्रीदर १८ रूपैयाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रूपैयाँ ४० पैसा र बिक्रीदर ४७२ रूपैयाँ ३६ पैसा, बहराइन दिनार एकको खरिददर ३८२ रूपैयाँ ७८ पैसा र बिक्रीदर ३८४ रूपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३७४ रूपैयाँ ८० पैसा र बिक्रीदर ३७६ रूपैयाँ ३६ पैसा छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari